संघर्ष समितिको निर्णय – ‘असहयोग गर्नेलाई प्रवेश निषेध’, निर्णय नेता उपेन्द्र यादवप्रति लक्षित

राष्ट्र न्यूज सम्वाददाता
माघ ६, २०७४
birjung

पोखरा, ६ माघ। सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न स्थानमा विरोध भै रहेको छ।

कतै आन्दोलन चर्कदै गएको छ भने कतै विरोधका कार्यक्रम सार्वजनीक भै रहेका छन्।यसैक्रममा प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गर्ने निर्णय भएको छ।

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको संघर्ष समितिको शनिबारकोे बैठकले त्यस्तो निर्णय गरेको हो।

संघर्ष समितिका सहसंयोजक एवं पूर्वसभासद राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई प्रवेश निषेध गर्ने निर्णय गरेको बताइएको छ।

माघ ७ गते हुने वीरगञ्ज महानगरपालिकाको पहिलो नगर सभा उद्घाटनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आउने पूर्व निर्धारित कार्यक्रमलाई लक्षित गरेर संघर्ष समितिले यस्तो निर्णय गरेको बताइएको छ।

माघ ३ गते जनकपुरलाई अस्थायी राजधानी तोकेर वीरगञ्जप्रति कुठाराघात गरेकोभन्दै आन्दोलनलाई प्रभावकारी र थप शशक्त बनाउने तयारी भएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives