रानीपौवा स्पोर्टस् सेन्टर ‘बी’ लाई उपाधि

राष्ट्र न्यूज सम्वाददाता
माघ ६, २०७४
DSC00505

पोखरा, ७ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरले आयोजना गरेको प्रथम सिक्स् ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि रानीपौवा स्पोर्टस सेन्टर ‘बी’ ले जितेको छ।

      फाइनलमा रानीपौवा स्पोर्टस् सेन्टर ‘ए’ लाई पराजितगर्दै उसले उपाधि जितेको हो। रानीपौवा स्पोर्टस सेन्टर ‘बी’को तर्फबाट सात र ‘ए’ को तर्फबाट दुई गोल भएको थियो।

      बिजेतालाई नगद ५० हजार एक र उपबिजेतालाई २५ हजार एक रुपैया सहित मेडल तथा ट्रफि प्रदान गरिएको थियो।

      समाजसेवी बिमल बस्याल र समितिका अध्यक्ष रामकुमार राईले पुरस्कार वितरण गरेका थिए।

      पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ रानीपौवास्थित रानीपौवा स्पोर्टस् सेन्टर प्रालिको फुटसल खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको थियो।

      ‘खेल खेलौं, स्वस्थ्य रहौं’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा २१ टिमले सहभागिता जनाएका थिए। खेलकुदको माध्यमबाट युवाहरुबीच आपसी सद्भाव विकास गर्ने उदेश्यले प्रतियोगिता गरिएको हो।

      समापनमा बोल्दै प्रमुख अतिथि समाजसेवी बिमल बस्यालले खेलले युवाहरुलाई एक हुन सहयोग गरेको बताए। उनले आगामी वर्षहरुमा पनि प्रतियोगितालाई सहयोग गर्दै जाने उल्लेख गरे।

      कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले पनि बोलेका थिए।

      युवा टोल सुधार समितिका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुरज भण्डारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives