सरसफाई नगर्ने टोलले विकास योजना नपाउँने

राष्ट्र न्यूज सम्वाददाता
माघ ८, २०७४
tirtha dd wada 11

पोखरा, ८ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ ले सरसफाईमा ध्यान नदिने टोललाई विकास निर्माणका योजना नदिने भएको छ।

वडा कार्यसमितिको बैठकले वडालाई सरसफाईयुक्त बनाउनका लागि त्यस्तो निर्णय गरेको हो।
टोल सरसफाई राख्न सके वडाको गरिमा समेत बढ्ने छ वडा सदस्य तीर्थकुमारी गुरुङले भनिन् – ‘सरसफाईको नमुना वडा बनाउनका लागि त्यस्तो निर्णय गरेका हौ।’

टोलको सरसफाईको अवस्था मुल्यांकन गरी प्रथम, द्वितिय र तृतिय घोषणागर्दै पुरस्कृत गरिने छ।
सदस्य गुरुङका अनुसार, आउँदो पुस २९ गतेदेखि प्रत्यक वर्ष सरसफाईमा प्रथम हुने टोललाई नगद १० हजार, द्वितियलाई सात हजार पाँच सय, तृतियलाई पाँच हजार सहित सम्मान पत्र प्रदान गरिने छ। सो वडामा २४ वटा टोल रहेका छन्।

वडा कार्यालयले प्रत्यक महिनाको पहिलो शनिवार टोल सरसफाई गर्न टोल विकास संस्थाहरुलाई पत्र नै पठाएको छ।

यसैवीच, वडाको निर्णय अनुसार नै २२ वटा टोलमा सरसफाई गरिएको छ। टोलमा संचालित सरसफाई कार्यक्रम वडाका जनप्रतिनिधिहरुले अनुगमन गरेका थिए।

२४ मध्य २२ वटा टोल सरसफाई गरेको पायौं, वडाको फोहोर मैला व्यवस्थापन समितिकी संयोजक समेत रहेकी वडा सदस्य गुरुङले भनिन् – ‘सरसफाई नगर्ने दुई वटा टोलको ध्यानाकर्षण गराउँदै सरसफाईका लागि सचेत गराउने छौं।’

Related News

सम्बन्धित समाचार

Archives

Archives