अगुवा कृषकलाई बाख्रापालन तालिम

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०७४
G T

पोखरा, १० माघ। पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा कास्कीले महानगरपालिका स्तरीय तीन दिने व्यवसायिक बाख्रापालन तालिम गरेको छ।

बाख्रापालनमा संलग्न अगुवा कृषकहरुलाई सिप र ज्ञान दिने उदेश्यले आयोजित तालिममा ३२ जना सहभागि थिए।

तालिममा पशु विकाश अधिकृत शहदेव पौडेल, ठगेन्द्रप्रसाद अर्याल, डा. राकेश प्रजापति, डा पुरुषोत्तम त्रिपाठी , मिरा ढकाल अर्याल, डा. गणेश केसी, सुरेशकुमार श्रेष्ठले सहजीकरण गरेका थिए।

तालिमका सहभागिलाई प्रमाणपत्र वितरणगर्दै जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा पुरुषोत्तम त्रिपाठीले सिप आर्जनका लागि तालिम आवश्यक भएको बताए। उनले सैद्वान्तिक ज्ञानको तुलनामा तालिमको दायरा निकै माथि रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागिकोतर्फबाट घनश्याम तिवारी र इन्द्रा महतले तालिम निकै उपयोगी भएको बताए।

पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम पशु सेवा प्राविधिक सुरेशकुमार श्रेष्ठले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives