यी हुन् कास्कीमा सहिद घोषणा गरिएकाहरु(फोटो सहित), प्रजातन्त्रका लागि योगदान गरेका उनीहरुलाई छानिछानि मारिएको थियो

राष्ट्र न्यूज सम्वाददाता
माघ १२, २०७४
ICT-Council-Nepal

पोखरा, १२ माघ। सरकारले द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट कास्कीमा मारिएका ८ जनालाई सहिद घोषणा गरेको छ ।

साथै २०१८ सालमा मारिएका हरिप्रसाद गुरुङलाई समेत गरि कास्कीका ९ जनालाई सहिद घोषणा गरेको हो ।

बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाको प्रस्तावमा उनीहरुलाई सहिद घोषणा गरिएको हो।

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा न ४ ( साबिक सल्यान गाबिस ) का कृष्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा न १० ( साबिक घान्दुक गाबिस ) का ईश्वर गुरुङ, माच्छापुछ्रे गाउँपालिका वडा १ ( साबिक माच्छापुच्छ्रे गाबिस ) का टेक बहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा न २६ ( साबिक लेखनाथ ५ ) का चन्द्र बहादुर रानाभाट, मादी गाउँपालिका वडा १२ ( साबिक हंसपुर गाबिस ) का पशुुपती रानाभाट, माच्छापुच्छ्रे गाउँपालिका वडा १ ( साबिक माच्छापुछ्रे गाबिस ) का पुर्ण बहादुर भुजेल र पोखरा लेखनाथ महानगरपालिका वडा न ९ का गणेशमान पालिखेलाई सरकारले सहिद घोषणा गरेको हो।

उनीहरु सशस्त्र द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट मारिएका हुन् भने माच्छापुछ्रे गाउँपालिका वडा न ८ ( साबिक ल्वाङ घलेल गाबिस ) का हरिप्रसाद गुरुङलाई बिस २०१८ सालमा नै मारिएको थियो ।उनलाई पञ्चायत कालमा मारिएको थियो।

माओवादी सशस्त्र द्वन्दको बेला हत्या गरिएका कास्कीका नेताहरु

पञ्चायत कालमा मारिएका

Related News

सम्बन्धित समाचार

Archives

Archives