जब सोलार लाइट पड्कियो………………

राष्ट्र न्यूज सम्वाददाता
माघ १३, २०७४
solar fire

पोखरा, १३ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ भद्रकाली मार्ग ढिकालेथरमा सोलार लाइट आगलागी भई पड्केको छ।

सो घटनाका कारण झण्डै एक घण्टा त्यसक्षेत्रको जनजीवन आतंकित भएको छ। घटनापछि एकघण्टा सवारी साधन संचालन हुन सकेनन्।

गतवर्ष कात्तिकमा जडान गरिएका ३१ सोलारमध्यको एउटामा आगलागी भई पड्केको समाजसेवी कुश्मराज आचार्यले बताए। एक घण्टापछि आगो आफै निभेको थियो।

यो घटनापछि अब फेरि पनि घटना हुने हो कि भनेर त्रास बढेको छ उनले भने – ‘यसतर्फ पोखरा लेखनाथ महानगरपालिकाको ध्यानाकर्षण गराउँछौ।’

एउटा सोलार लाइट जडानका लागि एक लाख १८ हजार खर्च भएको छ। एउटा सोलार लाइटमा ३० हजार जनसहभागिता छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives