राष्ट्रिय सभामा निर्विरोध भए पन्थ, कारण यस्तो छ

राष्ट्र न्यूज सम्वाददाता
माघ १३, २०७४
26993281_2032511336774204_1197984061659990591_n

पोखरा, १३ माघ। राष्ट्रिय सभा सदस्यमा काँग्रेस उम्मेदवार प्रकाश पन्थ निर्विरोध निर्वाचित भएका छन्।

उनीसँगको प्रतिस्पर्धामा रहेका बाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी अयोग्य ठहर भएपछि पन्थ निर्विरोध भएका हुन्। थापा एमालेका नेता हुन्। प्रदेश नम्बर ४ बाट अपाङ तथा अल्पसंख्यक कोटाबाट उम्मेदबारी दिई निर्विरोध भएका पन्थ तनहँुका हुन्।

बाम गठबन्धन उम्मेदवार थापाले नयाँ निर्देशिका अनुसार अपाङता परिचय पत्र नलिएको भन्दै काँग्रेस उम्मेदवार तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएका थिए।

थापाले निर्वाचन आयोग समक्ष पेश गरेको अपाङता परिचयपत्र नयाँ निर्देशिका अनुसार नभएको पाइएको छ। उजुरीमाथिको छानविन पश्चात आयोगले शनिवार नै थापाको उम्मेदवारी खारेज गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives