क्रिष्टलमा खेल सप्ताह

राष्ट्र न्यूज सम्वाददाता
माघ १५, २०७४
photo mon

पोखरा, १५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ ठाडोपसल स्थित क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरीले खेल सप्ताह गरेको छ।

खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक विकाससँगै विद्यार्थीवीच आपसी सद्भाव विकासका लागि खेल सप्ताह गरेको हो।

खेल सप्ताह अन्तर्गत मण्टेश्वरीले आयोजना गरेका विभिन्न खेलहरुमा विद्यार्थीहरुले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले खेलप्रति देखाएको चासो तथा रुचिले उत्साहित बनाएको मण्टेश्वरीले जनाएको छ।

विद्यार्थीलाई महत्वपूर्ण ज्ञान दिदै खेल सप्ताह सकिएको छ मण्टेश्वरीकी प्रवन्ध निर्देशक रिना पौडेलले भनिन् – ‘यो कार्यक्रमलाई सहयोग गर्ने अभिभावक, शिक्षक र शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दछु।

Related News

सम्बन्धित समाचार

Archives

Archives