पार्किङ हटाएको विरोधमा व्यवसायी

राष्ट्र न्यूज सम्वाददाता
माघ १७, २०७४
News Photo 19 magh

पोखरा, १७ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ।

बजार क्षेत्रमा दोहोरो व्यवस्थित पार्किङ व्यवस्था गर्न मागगर्दै समितिले ज्ञापन पत्र बुझाएको हो।
समितिका संयोजक बोधराज सुवेदीको नेतृत्वमा गएको व्यवसायीको टोलीले वडाध्यक्ष रुद्र बराललाई ज्ञापन पत्र बुझाएको थियो।

सिर्जनाचोकदेखि चाइनापूल तथा पृथ्वीचोकदेखि नागढुङ्गासम्म दोहोरो पार्किङ हटाउँदा व्यवसायमा असर परेकोभन्दै समितिले वडाकार्यालयको ध्यानाकर्षण गराएको व्यवसायी राजेन्द्र प्रसाद सुवेदीले बताए।

त्यसरी पार्किङ हटाउँदा घरधनी, व्यवसायी, उपभोत्ता, बैक तथा वित्तिय संस्था र उपभोत्ता समेतलाई गम्भिर असर परेको समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives