२० किलो अवैध सुनसहित प्रहरी पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
माघ २०, २०७४
Nepal-police-e1462325536967

काठमाडौं, २० माघ । नेपाल प्रहरीका एक असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् ।

प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राईलाई २० किलो अवैध सुनसहित पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए ।

सुन कसको हो भन्ने नखुलेको र राईमाथि थप अनुसन्धान जारी रहेको लोहनीले जानकारी दिए ।

स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

Archives

Archives