जस्मिन गुरुङलाई बधाई ज्ञापन

राष्ट्र न्यूज सम्वाददाता
माघ २०, २०७४
jasmin

पोखरा, २० माघ। तरेली सांस्कृतिक परिवार पोखराले सदस्य जस्मिन गुरुङलाई बधाई ज्ञापन गरेको छ।

एस.टी क्रियशनले पोखरामा गरेको चौथो संस्करणको मिस गण्डकी प्रतियोगितामा फष्ट रनरअप हुन सफल भएकोमा उनलाई बधाई ज्ञापन गरेको हो।

तरेली सांस्कृतिक परिवारले शनिवार आयोजना गरेको कार्यक्रममा सल्लाहाकार पद्मराज ढकाल, गोरे गुरुङ, अध्यक्ष राज गुरुङले फुल, माला, खादा र अविर लगाइदिएर बधाई ज्ञापन गरेका थिए।

तरेली सांस्कृतिक परिवारका अध्यक्ष राज गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव रविन गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives