प्रेमिकाको हत्या

राष्ट्र न्यूज सम्वाददाता
माघ २२, २०७४
murder

पोखरा, २२ माघ । पर्वत बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुलीले आफ्नै प्रेमिकाको हत्या गरेका छन्।

उनले बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया प्रेमिका कमला शर्माको हत्या गरेका हुन्। प्रहरीले अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन्।

 पराजुलीले कमला शर्मालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने बयान प्रहरी समक्ष दिएका छन् ।

उनले कमलासँग आफूले शारीरिक सम्बन्ध राखेको र गर्भ रहेको थाहा पाएपछि हत्या गरेको बताएको प्रहरीको भनाई छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives