नेवि संघका नेताको मृत्यूपछि तनाव, पिएनमा प्रहरी र विद्यार्थीबीच झडप जारी

राष्ट्र न्यूज सम्वाददाता
माघ २३, २०७४
nsu

पोखरा, २३ माघ। नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघका विद्यार्थी नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि पोखरा तनावग्रस्त बनेको छ।

दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले आज बिहानैदेखि प्रदर्शन जारी राखेका छन्। विद्यार्थीले पोखराको पृथ्वीनारायण क्याम्पसलाई केन्द्र बनाएर आन्दोलन गरिरहेका छन्।

पोखरा बगरमा सोमबार साँझ नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति ढकालको मृत्यु भएको थियो।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले नगर बस संचालनमा समेत अवरोध गरेका छन्। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच दोहोरो झडप भएको विद्यार्थी नेता दिनेश शर्माले बताए। झडपमा चार जना विद्यार्थी घाइते भएका छन्।

पृथ्वीनारायण क्याम्पसमा अझै पनि प्रहरी र विद्यार्थीबीच झडप भैरहेको छ। समस्या समाधानका लागि वार्ताको तयारी भइरहेको बताइएको छ।

आक्रोशित विद्यार्थीले २०÷२२ वटा नगर बस तोडफोड गर्नुको साथै ४२ वटा बसको चावि नियन्त्रणमा लिएका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives