लनर्स एकेडेमीमा खेलकुद जारी

राष्ट्र न्यूज सम्वाददाता
माघ २५, २०७४
20180208_111739

पोखरा, २५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पोखरा लनर्स एकेडेमीमा बुधबारदेखि शुरु भएको त्रिदिवसीय खेलकुद प्रतियोगिता बिहीबार पनि जारी रहेको छ।

प्रतियोगितामा संचालन गरिएका बेलुन फुटाइ, मिठाइ दौड, रस्साकसी, कवड्डी, दौड, फुटबल लगायतका खेलहरुमा विद्यार्थीहरुले सहभागिता जनाइरहेको विद्यालयका संयोजक शिव सुनाम परियारले जानकारी दिए।

बिहीबारको खेल विद्यालयका प्राचार्य विधान गौतमले विद्यार्थीलाई फुटबल हस्तान्तरण गरी शुभारम्भ गरेका थिए।
त्यसअवसरमा उनले विद्यार्थीको आवश्यकता अनुसारका गतिविधिहरु विद्यालयले संचालन गर्दै आइरहेको उल्लेख गरे।

शिक्षक कृष्णप्रसाद लम्सालले कार्यक्रम संयोजन गरेका हुन्। त्रिदिवसीय खेलकुद शुक्रबार सकिदैछ।

Related News

सम्बन्धित समाचार

Archives

Archives