राष्ट्रिय सभा सदस्य रानाले भनिन् – ‘सवैप्रति आभारी छु’

राष्ट्र न्यूज सम्वाददाता
माघ २६, २०७४
brinda

पोखरा, २६ माघ। राष्ट्रिय सभा सदस्य बिन्दादेवी आले रानाले आफुलाई निर्वाचित गराउने मतदातालाई धन्यवाददिदै आभार व्यक्त गरेकी छन्।

यहि माघ २४ गते पोखरामा सम्पन्न प्रदेश नं ४ को निर्वाचनबाट काँग्रेस नेतृ राना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिईन्।

तपाईहरुको अमूल्य मतबाट निर्वाचित भएकी छु उनले भनिन् – ‘तपाईहरुको मतको सदैव उच्च मूल्यांकन गरी देश र जनताको हितमा लागिरहने छु।’

उनले नेपाली काँग्रेसका नेता, निर्वाचनको व्यवस्थापनमा खट्ने नेता तथा कार्यकर्ता र निर्वाचन सफल बनाउन सहयोग गर्ने सवैप्रति धन्यवाद व्यत्त गरेकी छन्।

उनी निर्वाचित भएपछि उनलाई नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिने क्रम जारी छ।

राष्ट्रिय सभा सदस्य राना कास्की निवासी हुन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives