म्याराथनमा भाग लिने भए यता आउनुस्, भोलि तीन हजार बढी दौडदै छन्

राष्ट्र न्यूज सम्वाददाता
फागुन ५, २०७४
Safal Marathon photo 1

पोखरा, ५ फागुन । फागुन ७ गते पोखरामा आयोजना हुने १२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा तिन हजार भन्दा बढी पोखरेलीहरु ‘रन फर फनका’ लागि पोखरा रंगशालामा एकै साथ दौडने भएका छन्।

प्रतियोगिता बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा म्याराथन आयोजक भूतपुर्व खेलाडी मंच नेपालले यसको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई वर्ष देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

प्रतियोगिता बारे जानकारी दिंदै मंचका अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, ५ किमि छात्रमा १ सय ८० जना, ५ किमी छात्रामा १ सय जनाले शुक्रबार सम्म नाम दर्ता गराइसकेको बताए । यसै गरि ४ सय मी.ह्विल चेयर पुरुष, १ ससय मी. ह्विल चेयर महिला र १ सय मी. दृष्टिविहिन दौडको दर्ता कार्य पनि जारी रहेको उनले बताए ।

अध्यक्ष गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै यस सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराउनु रहेको बताउँदै पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाउन म्याराथन प्रतियोगिताको आयोजना गरिएको स्पष्ट पारे ।

पोखरा म्याराथन बारे महानगरको तर्फबाट धारणा राख्दै पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगितालाई थप ब्यवस्थित बनाउन योजनाबद्ध तवरले काम थाल्ने बताए ।

आयोजक मंचका अनुसार पोखरा रंगशालाबाट सुरुहुने ४२ .१ किमीको म्याराथन दौड विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बसुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, नयाँ सडक, सभागृह चोक, पृथ्वीचोक, नयाँबजार महेन्द्रपुल, रानीपौवा, पुरानो धारा, गौडामुख, भद्रकाली चोक, मियाँपाटन चोक, वि.पि. मार्ग, के.एम.ए चोक, चाउथे डि.आर पेट्रोलपम्प, चाउथे चोक, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, निराजन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक, अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), राधा कृष्ण मन्दिर, नयाँ गाउँ (सेन्ट मेरिज स्कूल चोक), वन क्याम्पस, नयाँ एयरपोर्ट, कालिका क्याम्पस गेट, भारतिय पेन्सन क्याम गेट, तमु धीं यू.के. गेट पोखरा रंगशाला हुदै रंगशालामा पुगेर समापन हुनेछ ।

१० किलोमिटरको दौड पोखरा रंगशालाबाट सुरु भई विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बसुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सृजनाचोक, सभागृह चोक, पृथ्वीचोक हुँदै रंगशालामा पुगेर समापन हुनेछ भने ५ कि.मी. दौड रंगशालाबाट सुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्कचोकबाट दाहिने हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, रंगशालागेट हुँदै रंगशालामा समापन हुनेछ ।

पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगरपालिका रहेको छ भने सह प्रायोजकमा एड्भेन्चर स्पोर्ट्स नेपाल प्रा.लि., गण्डकी बिकास वैंक लि.,उप प्रायोजकमा लुम्विनी विकास वैंक लि., सहारा युके रहेका छन ।

प्रतियोगिताको प्राविधिक सहयोगीमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति , साइकल सिटी पोखरा र सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, ट्रेनर नेपाल, पोखरा टेलिभिजन लगाएत संस्थाहरु रहेको आयोजकले जनाएको छ ।

फागुन ७ गते बिहान ठिक ६ बजे सुरु हुने पोखरा म्याराथनमा प्रथम हुनेले नगद ७० हजार, दोश्रोले ४५ हजार, तेश्रोले ३० हजार र चौथोले सान्त्वना रुवस्प नगद पाँच हजार प्राप्त गर्ने छन् ।

१० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५, दोश्रोले १० हजार र तेश्रो हुनेले पाँच हजार नगद प्राप्त गर्ने छन् ।
त्यस्तै, ५ किलोमिटर छात्र–छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मंचले जनाएको छ । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद पाँच, तीन र दुई हजार पाउने छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives