सरसफाइ अभियान हेमजाको मसिना बगरमा, अब याम्दी दोभानमा

राष्ट्र न्यूज सम्वाददाता
फागुन ५, २०७४
sarsafai

पोखरा, ५ फागुन। पोखरामा जारी ९० औं हप्ताको सरसफाइ अभियाना वडा नं.२५ हेमजाको मसिना बगरमा सम्पन्न भएको छ।

अभियानको संघिय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतमले राष्ट्रिय गान र सरसफाइ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा नमुना टोल आम समूह पोखरा–२५ की अध्यक्ष प्रेमदेवि परियारले सपथ खुवाएकी थिइन् ।

सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, मुक्तिनाथ विकास बैक, ओम डेभलपमेन्ट बंैक, रेडियो हेमजा, अभियान क्लब महिला उपसमिति जिरो किमी, माछापुच्छ«े महिला क्लब पोखरा–७, हेमजामा रहेका विभिन्न संघ संस्था, समाजसेवी, जनप्रतिनिधिलागायत वडाबासीले ऐक्यवद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयम् सेवा भन्ने नाराका साथ आयोजना गरिएको सरसफाइमा झण्डै पाँच टन फोहोर संकलन गरिएको अभियन्ता ममता सुनामले जानकारी दिइन्। कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिका वडा नं. २५ का वडा सदस्य जीतबहादुर कार्कीले धन्यवाद व्यक्त गरेका थिए।

९१ औ हप्ताको सरसफाइ अभियान याम्दी दोभानमा हुने पौडेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives