पत्रकार प्रकाशचन्द्र सापकोटालाई ‘आदर्श समाज’ बाट बिदाई

राष्ट्र न्यूज सम्वाददाता
फागुन ७, २०७४
Prakash-Chandra-Sapkota-696×391

पोखरा, ६ फागुन । आदर्श समाज दैनिकका सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा पत्रिकाबाट बिदाइ भएका छन् । निरन्तर १३ वर्षसम्म पत्रिकाका विभिन्न पदमा रही कार्यरत हेमजा निवासी सापकोटा पछिल्लो समय सहायक सम्पादक पदमा कार्यरत थिए ।

न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आइतबार भएको उनको बिदाइ समारोहमा सहकर्मी साथीहरुले मायाको चिनोसहित खादा लगाएर बिदाइ गरेका हुन् । एउटै सञ्चारमाध्यममा उनको निरन्तर समर्पण, इमान्दारिता, लगाव र मेहनतको सहकर्मी साथीहरुले मुक्तकण्ठले प्रशंसा गरे । उनले आप्mनो कार्यव्यस्तताको कारण देखाउँदै माघ १ देखि लागू हुने गरी कार्यालयमा राजीनामा बुझाएका थिए । रेडियो हेमजाका कार्यकारी निर्देशक समेत रहेका पत्रकार सापकोटा प्रेस युनियन कास्कीका सचिव समेत छन् ।

पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रकार सापकोटाले पत्रिकालाई पु¥याएको योगदान सधैँ सम्झिरहने बताए । साथै उनले सापकोटाको आगामी दिन अझ सुखद् र सफल होस् भनी शुभकामना दिए । सम्पादक यज्ञप्रसाद बास्तोलाले आगमन सुखद हुने भए पनि बिदाइ दुःखद र नरमाइलो हुने बताउँदै सापकोटाको उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै कार्यकारी सम्पादक नवीन सिग्देलले पत्रकार सापकोटा निर्भिक, इमान्दार र स्पष्ट रहेको बताए । पत्रकार सापकोटाले आफूलाई चिनाउनुमा आदर्श समाजको ठूलो योगदान रहेको उल्लेख गर्दै आफू जहाँ रहे पनि पत्रिकालाई माया गरिरहने बताए ।

कार्यक्रममा स्वागत वरिष्ठ संवाददाता भीमपाणि बरालले र सञ्चालन संवाददाता रञ्जन अधिकारीले गरेका थिए । कार्यक्रममा सहायक सम्पादक विजय नेपाल, संवादददाता प्रकाश ढकाल, नारायण शाही, श्रीभद्र पौडेल लगायतले उनलाई खादा लगाउँदै मायाको चिनो प्रदान गरी शुभकामना व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives