‘जनताले बम राखे होलान्…’ यस्तो पो भन्छ नेकपा । बन्दमा बम आतंक, पोखरामै तीन ठाउँ बम

राष्ट्र न्यूज सम्वाददाता
फागुन ८, २०७४
bombs-1-696×401

पोखरा, ८ फागुन / विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्द मंगलबार भने पृथक रह्यो । यसअघि, बन्द अवज्ञा गरेको भन्दै सवारी आगजनी तथा तोडफोड हुने गरेकोमा यसपटक भने जनता हिँड्ने बाटैमा बम राखेर त्रसित बनायो । पोखरामै तीन ठाउँमा बम भेटियो । एक ठाउँमा विस्फोट हुँदा पत्रकार र प्रहरी नै घाईते भयो । तर, घटनाको जिम्मेवारी नेकपाले लिएको भने छैन।

पोखराको नागढुंगामा बम डिस्पोज गरिसक्न नपाउँदै विजयपुर खोला नजिक आफै पड्कियो । त्यसपछि अपरान्ह प्रदेश प्रमुख निवास नजिकै अर्को बम भेटियो । पोखराको नागढुंगामा सडकपेटीमै राखिएको बम नेपाली सेना कालिभञ्जन गणबाट डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बाटैमा जेब्रा झोलामा संकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

त्यसलगत्तै विजयपुरमा बम भेटिएपछि उक्त बम डिस्पोज गर्न टोली जादै गर्दा बम विस्फोट भई पोखराका पत्रकार घनश्याँम पाण्डेय र प्रहरी जवान कुलबहादुर खत्री घाईते भए ।

मंगलवार मध्यान्ह पौने १२ बजे बम विष्फोट हुँदा पत्रकार पाण्डेयको घाँटी र टाउकोमा चोट लागेको छ भने जवान खत्रीको घाँटीमा चोट लागेको छ । उनीहरुको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।

विजयपुरको पुलको नजिक संकास्पद बस्तु देखे पछि स्थानियले प्रहरीलाई खवर गरे पछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासी बम विष्फोटन हुदा बमको छर्राले लागेर पत्रकार र प्रहरी घाईते हुन पुगेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । क्यामेराको कडा फ्लासका कारण पनि बम आफै विस्फोट भएको अनुमान गरिएको छ । पत्रकार र प्रहरी घाईते हुने गरी भएको घटनाको नेपाल पत्रकार महासंघ, कास्की, खेलकुद पत्रकार मञ्च कास्की लगायतले कडा भत्र्सना गरेको छ ।

प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुंवरको निवास नजिक सुतली बम भेटियो । त्यसलाई पनि डिस्पोज गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको पोखरा भ्यूप्वाईन्ट नजिक फेला परेको शंकास्पद वस्तु भने बम नभएको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जनाए ।

नेकपा कास्की ईन्चार्ज सावित्री दुरा आस्थाले बम राखिनु र विस्फोटबाट पत्रकार र प्रहरी घाईते हुनु दुःखद विषय भएको बताईन् । यद्यपी, आफूहरुले नराखेको उनको दाबी छ । प्रहरी प्रशासनले नेकपाका कार्यकर्तालाई हिँडडुल समेत गर्न नदिएकाले आफूहरुले बम नराखेको भन्दै उनले जनताले राखेका हुनसक्छ भनिन् ।

आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाले आयोजना गरेको बन्दको दिन मंगलबार पोखरा क्षेत्रमा बिहानै देखि सार्वजनिक सवारी चलेनन् । निजी सवारी भने विस्तै चल्न थाले । पोखराका विभिन्न उद्योग भन्दा कलकारखाना, पसलहरु, स्कुल तथा क्याम्पस पुर्ण रुपमा ठप्प भए । बेलुकी ५ बजे देखि पूर्ववत् रुपमा सवारी सञ्चालनमा आए ।

तस्विर: सामाजिक सञ्जाल

समाचार स्रोत ः गण्डकन्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives