राष्ट्रपतिलाई संविधान उपहार, काँग्रेस भातृसंस्थाले किन दिए संविधान उपहार ?

राष्ट्र न्यूज सम्वाददाता
फागुन ९, २०७४
Nepal ko Sambidhan 2072

पोखरा, ९ फागुन । नेपाली काँग्रेसका भातृसंस्थाले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान – २०७२ उपहार दिएका छन्।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल लगायतले संविधानको मर्म विपरित काम गरेकोमा व्यङ्यगर्दै राष्ट्रपतिलाई संविधान उपहार दिएका हुन्।

राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्य मनोनयनमा असंवैधानिक कदम चालेको काँग्रेसको ठहर छ।संविधानको संरक्षक मानिने राष्ट्रपतिलाई संविधान राम्ररी अध्ययन गर्न आग्रहगर्दै संविधान उपहार दिइएको हो।काँग्रेस भातृसंस्थाहरु राष्ट्रपतिको कमदविरुद्ध नाराजुलुससहित शीतल निवास पुगेका थिए ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेपनि अहिलेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्यसलाई हटाउदै मंगलबार फेरी ३ जनालाई नियुक्त गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले कार्यन्वयन गरेकी थिईन्।

काँग्रेसका प्रमुख भातृसंस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै राष्ट्रपति दलीय स्वार्थ प्रेरित भएको आरोप लगाएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives