चालकलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति, बिहीबार शवयात्रा गरिदै

राष्ट्र न्यूज सम्वाददाता
फागुन ९, २०७४
28167177_1828905394073369_6041992086581978042_n

पोखरा, ९ फागुन । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको घटनामा संलग्न चालकलाई हदैसम्म कारवाही गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएको छ।

नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा त्यस्तो सहमति भएको हो।

सहमतिपछि आन्दोलन स्थगित भएको छ नेपाली संघको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेको केन्द्रीय सदस्य भानु ढकालले भने – ‘आउँदा दिनमा नेपाल विद्यार्थी संघले यस्ता दुर्घटना न्युनिकरणका लागि पहल गर्नेछ।’

उनले बिहीबार बिहान १० बजे पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट रामघाटसम्म पौडेलको शवयात्रा गरिने जानकारीदिदै उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन्।

सवारी दुर्घटनामा पौडेलको मृत्यू भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै आज पोखरामा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।

विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौर जनप्रिय उच्च मावि अघि र पिएन क्याम्पसमा समेत प्रदर्शन गरेका थिए। पौडेल कक्षा १२ मा अध्ययरत छात्रा थिईन्।

पोखरा लेखनाथ १४, चाउथेमा ट्रिपरले ठक्करदिदाँ स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ की २१ वर्षीया पौडेलको मृत्यु भएको हो ।

सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives