पहिलो वार्षिकोत्सवमा स्ववियु जनप्रियले विविध कार्यक्रम गर्ने

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७४
fsu janapriya

पोखरा, १२ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गर्ने भएको छ।

स्ववियुले शनिवार पत्रकार सम्मेलन गरी फागुन १५ देखि १८ गतेसम्म गर्ने कार्यक्रम सार्वजनीक गरेको छ।

स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गर्ने , १६ गते बुधबार रक्तदान गर्ने , १७ गते बिहीबार बालआश्रम तथा बृद्वाश्रमलाई सहयोग गर्ने र १८ गते शुक्रबार वार्षिकोत्सव मूल समारोह गर्ने जनाएको छ।

पहिलो वार्षिकोत्सवको तयारीमा जुटेका छौं स्ववियु सभापति आशिक गुरुङले भने – ‘वार्षिकोत्सवलाई सभ्य र भव्य बनाउन सवैको सहयोग अपेक्षा गरेका छौं।’

कार्यक्रम सम्पन्न गर्नका लागि स्ववियु सहसचिव रन्जता रेग्मीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ।

स्ववियुले सवारी दुर्घटना न्युनिकरणका लागि क्याम्पस बाहिरको सडकमा स्पिड ब्रेकर, बिपन्न र अपाङ विद्यार्थीलाई सहयोग, बाढिपीडित परिवारलाई सहयोग र क्याम्पस परिषरमा बास्केटबल कोर्ट निर्माण गरेको छ। पुष महिनामा विद्यार्थीहरुका लागि खेलकुद सप्ताह गरेको थियो।

गतवर्ष मात्र गठन भएको स्ववियुले विद्यार्थी हक, हित र अधिकारका लागि काम गर्दै आएको छ। आगामी दिन अझ बढि रचनात्मक र सकारात्मक काम गर्ने स्ववियुले प्रतिवद्वता व्यक्त गरेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives