सात वटै प्रदेशमा आइतबार नेपाल शिक्षक संघको अधिवेशन हुदै

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७४
28449556_128274491330089_875288584_n

पोखरा, १२ फागुन । नेपाल शिक्षक संघको प्रदेशस्तरीय अधिवेशन देशभर आइतबार हुदैछ ।

सात वटा प्रदेशमा दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले २७ सदस्यीय प्रदेश समिति चयन गर्ने छ । निर्वाचित समितिले चार र अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी एक सदस्य मनोनित गर्ने व्यवस्था छ ।

प्रदेश नम्बर ४ को राजधानी पोखरामा हुने अधिवेशनको तयारी पूरा भएको नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष किशोरदत्त बरालले जानकारी दिए ।

पोखरामा हुने प्रदेश नम्बर ४ को अधिवेशनमा भाग लिन ११ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक शनिवार पोखरा आइसकेका छन् ।

पोखराको अधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन सय ५० जनाको सहभागिता रहने नेपाल शिक्षक संघ कास्कीका सचिव एवं अधिवेशन प्रचारप्रसार उपसमिति संयोजक राजु क्षेत्रीले बताए ।

पोखरामा हुने अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गर्ने छन्। अधिवेशनको उद्घाटनका लागि उनी आइतबार नै पोखरा आउने छन् । अधिवेशन पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ स्थित शीतलादेवी पार्टी प्यालेसमा हुने छ ।

दुई दिने अधिवेशन अन्तर्गत आइतबार उद्घाटन र सोमबार निर्वाचनको कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमिति सदस्य दिवाकर पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives