पोखरा, १७ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत तेस्रो दिन बिहीबार सहयोग गरिएको छ।
स्ववियुले स्याङ्जाको फेदीखोलास्थित अमोरा केन्द्रद्वारा संचालित बालगृह र कालाभैरव माविमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गरेको हो।
बालगृहलाई १० वटा कुर्ची र फलफुल तथा दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र फलफुल सहयोग गरिएको थियो ।
स्ववियु सभापति आशिक गुरुङ, उपसभापति किसान थापा र सहसचिव रन्जता रेग्मीले सहयोग प्रदान गरेका थिए ।
चार दिवसीय कार्यक्रम अन्र्तगत पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई र दोस्रो दिन रक्तदान गरिएको थियो ।
चौथो दिन शुक्रबार मूल समारोह गरिने कार्यक्रम संयोजक समेत रहेकी स्ववियु सहसचिव रन्जता रेग्मीले जानकारी दिईन् । समारोहलाई काँग्रेस नेता एवं पूर्वमन्त्री गगन थापाले सम्बोधन गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
सोंथर बेँसी मेलाको तयारी तिव्र
Archives
Archives