आज पोखरामा रेष्लरको भिडन्त

राष्ट्र न्यूज सम्वाददाता
फागुन १८, २०७४
Ring Wrestling(2)

पोखरा, १८ फागुन । पोखरामा आज शुक्रबार अन्तर्राष्ट्रिय रेष्लरहरु भिड्ने भएका छन् ।

रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो ।

पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्वेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने भएको हो । पोखरामा एकै थलोमा बसेर करिब ५ हजार दर्शकले खेल प्रत्यक्ष हेर्ने आयोजकले जनाएको छ ।

रिङ रेस्लिङ खेल विश्वमा सबै भन्दा बढी रुचाइएको खेल मध्ये एक हो । के बालबालिका, के तन्नेरी के पाका सबैलाइ उत्साहित बनाउँछ यो खेलले । हजारौ दर्शकका बिच दुइ पहलमान खेलाडीको भिडन्तले सबैलाई वाह–वाह बनाउँछ । नेपालमा यो खेल भित्रिएको धेरै समय नभएको भए पनि नेपाली खेलका पारखीहरु यस बाट अनभिज्ञ छैनन । रङ्गिन टेलिभिजनको पर्दामा यो खेल देख्दा उत्साहीत हुनेहरु अब पोखरामा सँच्चिकै यस्तो भिडन्त प्रत्यक्ष हेरेर रमाउन पाउने छन् ।

‘नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरालाई खेलकुद मार्फत पर्यटन प्रबद्र्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको’ संघकी अध्यक्ष सुनिता थापाले बताइन् ।

‘यो खेल पोखरामा आयोजना गर्न पाउँदा हामी मात्र उत्साही होइन सहभागिताका लागि आएका विदेशी खेलाडी पनि उत्साही भएका छन्’ संघकी महासचिव सुर्वण श्रेष्ठले बताइन् ।

विदेशी सहित यो खेलमा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तर्रा्ष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताइएको छ ।

 अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् । प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माले गर्ने छन् ।

खेलमा आवश्यक अत्याधुनिक लाइटिङको व्यवस्था र खेल खेल्ने रिङले पनि दर्शकको मन तान्ने आयोजकले दाबी रहेको छ ।

प्रतियोगिता अबलोकनका लागि रु ३ सय , ५ सय र १ हजारको टिकट मध्ये कुनै एक काट्नुपर्ने आयोजकले बताएको छ । खेलका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद र जिल्ला खेलकुद विकास समितिले पनि सघाएको छ । खेल १८ गते साँझ ५ बजे देखि सुरु हुने आयोजकले जनाएको

Related News

सम्बन्धित समाचार

Archives

Archives