गाउँ÷गाउँमा मानव बेचबिखन बिरुद्ध जुझारु अभियानकर्मी उत्पादन गरिने

राष्ट्र न्यूज सम्वाददाता
फागुन २०, २०७४
28535898_1591645440884126_1030413197_n

गणेश श्रेष्ठ
पोखरा २०, फागुन । उद्धार, रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचबिखन बिरुद्धमा काम गदै आईरहेको थ्रि एन्जल्स नेपालले आयोजना गरेको सहजकर्ताहरुको लागि क्षमता अभिवृद्धि तालिम पोखरामा आइतबारदेखि सुरु भएको छ ।

तालिम उद्घाटन गदै संस्थाका संस्थापक अध्यक्ष डा.राजेन्द्र गौतमले मानव बेचबिखन जस्तो सामाजिक अपराध संभ्य समाजको कलंक भएको भन्दै त्यसका बिरुद्ध सबै एक हुनु पर्ने बताए । यो समस्या सबैको साझा सवाल हो उनले भने – ‘यसमा सबैको चासो र सरोकार हुनुपर्छ ।’

संस्थाको प्रमुख कार्यकारी समेत रहेका गौतमले थ्रि एन्जल्स नेपालको ‘हाम्रो अभियान’ मानव बेचबिखन बिरुद्धको नयाँ आन्दोलन भएको भन्दै सबैलाई अभियानमा सहभागि हुन आग्रह गरे ।

संस्थाकी अध्यक्ष शारदा खत्री गौतमले मानव बेचबिखनको वर्तमान आयाम फेरिएको भन्दै परिवर्तित समयको नयाँ अभियान नै ‘हाम्रो अभियान’ भएको उल्लेख गरिन् । उनले यो तालिम सहजकर्ताको लागि सहजिकरण तालिम भएकाले निकै महत्वपूर्ण भएको बताइन् ।

तालिमको पहिलो दिन हाम्रो अभियानको अवधारण, मान्यता र उदेश्य बारे सहजकर्ताद्धय पुण्य भण्डारी र सुवास भण्डारीले सहजीकरण गरेको तालिम संयोजक झरना शर्माले जानकारी दिइन् ।

संस्थाको विभिन्न विभाग र शाखामा कार्यरत ५० जनाको सहभागिता रहेको मिडिया मार्केटिङ्ग तथा थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठले जानकारी दिए। संस्थाका वित्त तथा कार्यक्रम निर्देशक डा. मदन थापाका अनुसार, तालिम फागुन २७ गते सम्म संचालन हुनेछ।

थ्रि एन्जल्स नेपालकी अध्यक्ष शारदा खत्री गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार प्रकाश अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives