काँग्रेस संसदीय दलको नेतामा देउवा

राष्ट्र न्यूज सम्वाददाता
फागुन २१, २०७४
Sherbahadur-Deuba_1

पोखरा, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा ४४ मत प्राप्त गरी पार्टी सभापति शेरबहादुर देउवा निर्वा्चित भएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद रहेका छन् ।

दलको नेता चयन गर्नका लागि काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार विहान मतदान भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives