‘महिला अधिकारको आन्दोलन जारी राखौं’

राष्ट्र न्यूज सम्वाददाता
फागुन २३, २०७४
28782875_1170733893063158_626539392369950720_n

पोखरा, २३ फागुन । महिला अधिकारको आन्दोलनलाई अझै जारी राख्नुपर्नेमा पोखरामा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

१०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ कास्कीले गरेको अन्र्तक्रियामा बोल्ने बत्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

पार्टीका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरौं भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कास्कीका महिला नेतृ र कास्की काँग्रेसका नेताहरु सहभागि थिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री नहुन दुर्भाग्यपूर्ण भएको बताईन् ।

कुनै न कुनै प्रदेशमा महिलालाई मुख्यमन्त्री बनाइनु पथ्र्यौ उनले भनिन् – ‘यसतर्फ दलहरुको ध्यान दिन जरुरी छ।’

उनले स्व. दिव्या कोइरालाले शुरु गरेको महिला अधिकारको आन्दोलनका कारण महिलाले अधिकार पाएको उल्लेख गरिन्।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले पाएको अधिकार लिदै थप अधिकार प्राप्तिका लागि जुट्न आग्रह गरे।

प्रदेशसभा सदस्य कुमार खड्काले आर्थिक रुपमा महिलाहरु कमजोर बन्दा नै महिला हिंसाका घटना बढेकोभन्दै आर्थिक अवस्था सुधार्न जरुरी भएको बताए ।

महिला नेतृ सरस्वती गुरुङले महिलाहरु कमजोर नरहेकोभन्दै आत्मविश्वासका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, काँग्रेस क्षेत्र नं २ का सभापति विजयराज आचार्य, नेपाल महिला संघ क्षेत्र नं १ की सभापति अप्सरा श्रेष्ठ, क्षेत्र नं २ की सभापति शारदा गिरी, नेपाल महिला संघ पोखरा लेखनाथ सभापति माया बराल, जिल्ला बसोबास व्यवस्थापन समिति कास्कीका अध्यक्ष ऋषि काफ्ले, न्युनत पारिश्रमिक निर्धारण समितिकी सदस्य बिमला भण्डारी, अधिवत्ता माधवी पाण्डे, पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ की वडासदस्य गिता भट्टराईले बोलेका थिए।

कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, प्रदेशसभा सदस्य कुमार खड्का, जिल्ला बसोबास व्यवस्थापन समिति कास्कीका अध्यक्ष ऋषि काफ्ले र न्युनत पारिश्रमिक निर्धारण समितिकी सदस्य बिमला भण्डारीलाई सम्मान गरिएको थियो।

नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति अनिता तिमिल्सिनाले स्वागत, अर्की उपसभापति गौरी सापकोटाले धन्यवाद ज्ञापन र सचिव सिता गुरुङले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives