भुजेल गाउँमा विद्यार्थी र सुत्केरी महिलालाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
फागुन २५, २०७४
DSC00146

पोखरा, २५ फागुन । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संघसंस्थाले बिहीबार तनहुँको बन्दिपूर – ५ भुजेल गाउँमा सहयोग गरेका छन्।

गुरुङ कला साहित्य परिषद् नेपाल र फोष्टन युके नेपलिज सोसाईटीले सहयोग गरेका हुन् ।

ती संस्थाले भुजेल गाउँमा रहेको आँदीबाराही प्राविका एक सय नौ विद्यार्थीलाई झोला र कापी, कलम तथा गाउँका ६० जना सुत्केरी महिलालाई झुल वितरण गरेका हुन् । करिव दुई लाख मुल्य बराबरको सामाग्री वितरण गरिएको बताइएको छ।

भुजेल गाउँबासिको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थी र सुत्केरी महिलालाई सहयोग गरिएको हो ।

उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि महिला नेतृ सरस्वती गुरुङ, तमु कला साहित्य परिषद् नेपालकी अध्यक्ष बुद्वलक्ष्मी गुरुङ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष प्रेमकाजी गुरुङ, परिषद्का सल्लाहाकार राजबहादुर गुरुङ, अधिकारकर्मी चमेली परियार, समाजसेवी निर्मला कार्की भण्डारी, कौशिला गुरुङ, सामाजिक अभियन्ता पम्फा गुरुङ र हिमा रेडाफनले ती सामाग्री वितरण गरेका थिए ।

कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट भुजेल गाउँमा एसईई परीक्षा उतिर्ण गर्ने रक्षा भुजेललाई उच्च शिक्षाका लागि सहयोग गर्ने प्रतिवद्वता जनाइएको छ ।

कार्यक्रममा बोल्दै महिला नेतृ सरस्वती गुरुङले भुजेल गाउँका लागि सहयोग जुटाउन लागिपर्ने उल्लेख गरिन् । यो गाउँमा आइपुगेका छौं, यहाँको समस्या उजागर गर्छाै उनले भनिन् – ‘यो गाउँका समस्या समाधानमा लाग्ने छौं।’

भुजेल गाउँमा सानो उमेरमा नै प्रेम बिबाह गर्ने गलत संस्कृतिको विकास भएकोभन्दै त्यसलाई रोक्नका लागि अभियान चलाउन आग्रह गरिन् ।

तमु कला साहित्य परिषद्का सल्लाहाकार राजबहादुर गुरुङले पछाडी पारिएको वर्गलाई माथि उठाउनका लागि सवैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

भुजेल समाज सेवा समितिका अध्यक्ष लोकबहादुर भुजेलले विकास र आर्थिक रुपमा भुजेल समुदायलाई पछि पारिएको गुनासो गरे ।

महिला अधिकारकर्मी चमेली परियारले पछाडी परेको क्षेत्र र समुदायलाई अघि ल्याउन सवैले सहयोग गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष बसुन्धरा घर्ति भुजेल, भुजेल समाज सेवा समितिका कोषाध्यक्ष भिम भुजेल लगायतले बोलेका थिए ।

सो कार्यक्रमलाई फोष्टन युके नेपलिज सोसाईटीका अध्यक्ष चन्द्रबहादुर गुरुङ र तमु समाज अष्ट्रेलियाका अध्यक्ष प्रेमकाजी गुरुङले विशेष सहयोग गरेको बताइएको छ।

आँदीबाराही प्रावि व्यवस्थापन समितिका अध्यक्ष रेशम भुजेलको अध्यक्षतामा भएको कार्यक्रम गुरुङ कला साहित्य परिषद्का महासचिव कृष्णकुमार गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives