‘कानुन र विधि नमान्ने कम्युनिष्टले जे पनि गर्न सक्छन् , काँग्रेसले देश जोगाउनुपर्छ’

राष्ट्र न्यूज सम्वाददाता
फागुन २६, २०७४
DSC00195

पोखरा, २६ फागुन । बाम गठबन्धनले सत्ताको आडमा गर्ने मनोमानीलाई रोक्न काँग्रेसले शशक्त भुमिका खेल्नुपर्नेमा जोड दिइएको छ।

कानुन र विधि नमान्ने कम्युनिष्टले व्यक्तिलाई बलियो बनाउन जे पनि गर्न सक्ने भएकाले काँग्रेसले आफ्नो भुमिकालाई शशक्त रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको हो।

स्थानीय तह नेपाली काँग्रेस कास्कीले आयोजना गरेको प्रशिक्षणमा नेता तथा कार्यकर्तासम्म कम्युनिष्टले मुलुक तहसनहस बनाउने भएकाले मुलुक र जनताको लागि काँग्रेसको भुमिका शशक्त बनाउनुपर्नेमा एकमत भएका छन्।

कार्यक्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, जिल्ला कार्य समिति र वडा इकाइ सभापतिहरु गरी एक सय बढिको सभागिता रहेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

प्रशिक्षणको उद्घाटनगर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुक जोगाउनका लागि काँग्रेस जिम्मेवार ढंगबाट अघि बढ्ने बताए। स्थानीय, प्रदेश र संघमा हामी प्रतिपक्षमा छौ उनले भने – ‘यस्तो अवस्थामा मुलुक र जनताको हितलाई केन्द्र विन्दुमा राखेर काँग्रेस अघि बढछ्।’

अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले जनताको आवश्यकताको विषयमा काँग्रेसका जनप्रतिनिधिले आवाज उठाउनुपर्ने बताए। उनले पार्टीले प्रभावकारी भुमिका खेलेर जनताको मन जित्दै अर्काे पटक ठूलो पार्टी बन्ने आधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले जनताका आवश्यकताका योजनालाई प्राथमिकता दिदै समाजवादी योजना छनोटमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान र कानुनमा स्थानीय तहका जनप्रतिनिधिहरुको काम, कर्तव्य, अधिकार, अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले स्थानीय तहका जनप्रतिनिधि र पार्टी संगठनवीचको समन्वय, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदिशचन्द्र पोखरेलले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा प्रशिक्षण दिएका थिए ।

स्थानीय तह नेपाली काँग्रेस कास्कीका सभापति युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक रामराज लामिछानेले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives