सय केजीको डेढ लाखको केक ¤

राष्ट्र न्यूज सम्वाददाता
फागुन २६, २०७४
28832524_1521668191293369_406965147_n

पोखरा, २६ फागुन। पोखरामा एक सय केजीको केक बनाइएको छ ।

पोखराको काठमाण्डौं फ्रेस बेकरी उद्योगका संचालक रोशन महर्जनले केक बनाएका हुन्।

पोखरामा शनिवार भएको लायन्स शत्वार्षिकी समारोह तथा नागरिक अभिनन्दन समारोहका लागि केक बनाइएको हो ।

उद्योग संचालक महर्जन लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष समेत हुन्। सो समारोहका लागि उनले सो केक सौजन्य गरेका थिए ।

सो केकको मुल्य करिव एक लाख ५० हजार पर्ने बताइएको छ। ३४ घण्टा समय लगाएर केक बनाइएको हो।

चकलेट, क्रिम, वटर, सुगर, मैदा र अण्डा लगायतका सामाग्री प्रयोग गरी केक बनाइएको महर्जनको भनाइ छ।

केकको लम्बाई आठ फिट, चौडाइ चार फिट र उचाइ १० इञ्च छ। शत्वार्षिकी समारोह तथा नागरिक अभिनन्दन समारोहमा सो केक सबैका लागि आकर्षण बन्यो। उपराष्ट्रपति नन्दकिशोर पुनले सोहि केक काटेर समारोह उद्घाटन गरेका थिए ।

केकसँग फोटो खिच्नका लागि सैयौको संख्यामा भिड लागेको थियो । समारोहका सहभागिलाई ६ जनाले दुई घण्टा समय लगाएर केक काटी वितरण गरेका थिए। केक आठ जनाले बोकेर समारोहमा पु¥याएका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives