मधुमेह शिविर

राष्ट्र न्यूज सम्वाददाता
फागुन २७, २०७४
sibir

पोखरा, २७ फागुन । पोखरा लेखनाथ महानगरपालिका–२८ ओख्लेमा शनिबार आयोजित निशुल्क शिविरमा १ सय ४९ जनाले निशुल्क मधुमेह परीक्षण गराएका छन् ।

परीक्षण गर्दा करिब १० प्रतिशत (१५ जना) मा मधुमेह देखिएको थियो । नेपाल विकास समाजले वल्र्ड डाइबिटिज फाउन्डेसनको सहयोगमा आयोजना गरेको शिविरमा ४५ पुरुष र १ सय ५ जना महिलाले परीक्षण गराएका थिए ।

मधुमेह रोकथाम र व्यवस्थापन परियोजनाका संयोजक पवित्रबाबु सोतीले ग्रामिण क्षेत्रका बासिन्दामा मधुमेहको अवस्था थाहा पाउन शिविर आयोजना गरेको बताए ।

यसअघि फाउन्डेसनले यसअघि पनि शिविर आयोजना गरेको थियो । शिविरमा माझठाना लगायतका भेगका बासिन्दा परीक्षण गराउन आएका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives