पर्वतमा रिमोट बम डिस्पोज

राष्ट्र न्यूज सम्वाददाता
फागुन २९, २०७४
mediaproxy

पोखरा, २९ फागुन । पर्वतमा मंङ्गलबार रिमोट बम फेला परेको छ ।

पर्वतको कुश्मा नगरपालिकामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ ।

कुश्मा नगरपालिका – १ सहस्त्रधारा बस्ने कृष्ण मल्लको घर अगाडी पार्किङ गरिराखेको बा.१६.च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकुरलाई रातो प्लाष्टिकले बेरेर खतरा लेखिएको छ भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो।

त्यसलाई डिस्पोज गरी अनुसन्धान गर्दा उत्त बस्तु रिमोट बम भएको खुल्न आएको प्रहरीले जनाएको छ। बम राख्नेको खोजी भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives