संगम क्लबद्वारा मृगौला रोगी दलबहादुरलाई १२ लाख सहयोग

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७४
28908193_1769916129713930_1351418375_n

पोखरा, ३ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ संगम टोल निवासी मृगौला रोगी २९ वर्षिय दलबहादुर गुरुङ ‘चिन्टु’ को उपचार सहयोगार्थ १२ लाख रुपैया आर्थिक सहयोग गरिएको छ ।

संगम क्लब पोखरा – १३ को पहलमा उनलाई सहयोग गरिएको हो । दलबहादुर संगम क्लबका सक्रिय सदस्य हुन्।

क्लबका पदाधिकारी एवं सदस्यहरु शनिवार उनकै घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

संगम क्लबका अध्यक्ष शिव गुरुङ ‘माया’, अर्थ संकलन समितिका संयोजक सूर्य गुरुङ ‘राजु’ र संगम टोल विकास संस्थाका अध्यक्ष धर्मराज पौडेल ‘अल्पायू’ ले संयुक्त रुपमा १२ लाखको चेक हस्तान्तरण गरेका थिए ।

हङकङ, कोरिया, जापान, अमेरिका, अष्ट्रेलिया, युके, न्यूजिल्याण्ड, दुवई लगायतका देशमा रहेका संगम क्लबका सदस्य र नेपालीहरु सहित पोखरामा रहेका क्लबका सदस्यहरुबाट सो रकम संकलन गरिएको हो ।

दलबहादुर विगत दुई महिनादेखि मृगौला रोगी भएका हुन्। उनको दुवै मृृगौला फेल भएका कारण प्रत्यारोपण गर्नुपर्ने अवस्था छन् । उनले हप्तामा दुई पटक डायलासिस सेवा लिदै आएका छन्।

डायलासिसका लागि एक महिनामा ७० हजारभन्दा रुपैया बढि खर्च लाग्ने गरेको छ । उनलाई सहयोग गर्न क्लबले सवैलाई आग्रह गरेको छ । संगम क्लबले खेलकुद सहित सामाजिक गतिविधिहरु संचालनगर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives