मापसे गरी सवारी चलाउदा १५ लाखभन्दा बढि कारवाहीमा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ४, २०७४
alcohol bottle

काठमाण्डौं, ३ पुस । देशका विभिन्न स्थानहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्ने क्रम जारी छ ।

प्रहरीले विहानदेखि मध्यरातसम्म नै शहरका मुख्य स्थानमा चेकिङ गरिरहेको छ ।

यसैक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको जनाएको छ ।

महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म त्यति संख्यामा चालकलाई कारबाही गरेको हो ।

जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचांैपटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् ।  ३८३ चालक निलम्बनमा परेका छन् । एउटै चालक  छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने व्यवस्था छ ।

महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई रु एक हजार जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताए । ‘उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ,’– उनले भने।

Related News

सम्बन्धित समाचार

Archives

Archives