नेपालले एक दिवशिय क्रिकेट खेलमा मान्यता पाए संगै पोखरामा लड्डु बाँडियो, मैत्रीपूर्ण खेल पनि

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ५, २०७४
2

पोखरा, ५ चैत । नेपालले एक दिवशिय क्रिकेट खेलमा मान्यता पाए संगै खुसियाली मनाउदै पोखरामा लड्डु बाड्नुको साथै मैत्रीपूर्ण क्रिकेट खेल पनि खेलिएको छ ।

नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार मंच कास्की र पर्यटन परिषद पोखराले सोमबार २०–२० क्रिकेट खेल आयोजना गरेका हुन् ।

सो अवसरमा नेपाल खेलकुद पत्रकार मंच कास्की र कास्की जिल्ला क्रिकेट संघका बिच मैत्रीपूर्ण प्रतियोगिता भएको थियो । पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा खुसियाली मनाउन उपस्थित भएकाहरुले लड्डु समेत बाँडेर एक आपसमा बधाई साटा–साट गरेका थिए ।

पोखरा लेखनाथ महानगर पलिकाका मेयर मानबहादुर जिसिले क्रिकेटमा नेपालले पाएको ऐतिहासिक सफलताले हामी सबैलाइ गौरवान्वित बनाएको बताउँदै उनले यस प्रकारका मैत्रीपूर्ण प्रतियोगिताले समाजमा नयाँ सन्देश जाने र खेल संस्कृति विकास गर्न सहयोग पुग्ने बताए ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख सूर्य थपलियाले खेल पर्यटनका माध्यमबाट पनि पोखरा शहरलाई विश्वमा परिचित गराउन तथा यस क्षेत्रलाई खेल पर्यटनको प्रमुख गन्तव्यको रुपमा विकास गर्न सहयोग पुग्ने बताउँदै बोर्डले खेलकुद पर्यटनको विकासका लागि विशेष कार्यक्रमका साथ अघि वढ्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, जिल्ला खेलकुद विकास समितिका कास्कीका कोषाध्यक्ष दिपक गोदार, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगाएतले बोलेका थिए ।

 मैत्रीपूर्ण क्रिकेट खेलमा कास्की जिल्ला क्रिकेट संघ (बोर्ड ११) विजयी भएको छ । २० ओभरको खेलमा बोर्ड ११ ले ५ विकेटको क्षतीमा १२३ रन बनाउँदा नेपाल खेलकुद पत्रकार मंच कास्कीले २० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १२ रन मात्र जोडन सक्यो ।

 

टस जितेर फिल्डिङ रोजेको खेल पत्रकार टिमले बोर्ड ११ लाई व्याटिङको निम्तो दिएको थियो । ओपनिङका लागि आएका सूर्य थपलिया पहिलो बलमा गोल्डन डक आउट हुँदै पेविलियन फर्केका थिए । लोकेन्द्र ढकालको बलमा सुजन पौडेलले क्याचमा उनी आउट भएका थिए । तर बोर्ड ११ का सिर्दाथ श्रेष्ठले ३८ बलमा ४१ रन जोडे पछि बोर्ड ११ ले केही रन जोड्न सफल भएको थियो । बोर्ड ११ का लागि सञ्जय नेपालले २६, दिपेन्द्र चन्दले २३ रन जोडे ।खेल पत्रकारको तर्फ बाट बलर लोकेन्द्र ढकालले २, सुजन पौडेलले २ ,निरज पन्तले एक विकेट लिएका थिए ।

यता खेल पत्रकारको टिममा शुसान्त गाहा मगरले १८ बलमा ३३ रन जोड्दै खेललाई सनसनीपूर्ण बनाएका थिए । यस बाहेक बिनोद लामिछानेले ३७, सुदिप गुरुङले १४ रन बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । बोर्ड ११ का लागि बिनित श्रेष्ठले कसिलो बलिङ गर्दै ४ विकेट, सञ्जयकान्त सिग्देल ३ र सञ्जय नेपालले २ विकेट लिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives