कास्की काँग्रेसका तीन निर्णय, के के छन् पढौं

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ५, २०७४
congress

पोखरा, ५ चैत । नेपाली काँग्रेस कास्कीको सोमबार बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ ।

पार्टीका जिल्ला सदस्य नवीन सिग्देलका अनुसार, बैठकले पोखरा विश्वविद्यालयमा हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजयी गराउन आवश्यक पहल गर्न जिल्ला सचिव सुदिपमोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिको सदस्यमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरु भानु ढकाल, देवकृष्ण पराजुली, गोपाल गुरुङ र पुनम भट्ट सदस्य छन् ।

बैठकले चैत्र १४ गते कास्कीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, जिल्ला पदाधिकारी र क्षेत्रीय सभापतिहरुको भेला गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, जिल्ला पदाधिकारी र क्षेत्रीय सभापतिको संयुक्त बैठक बसेर वडा इकाइलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि प्रतिनिधि खटाउने पनि निर्णय गरेको छ ।

बैठक नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives