काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन भोलिदेखि

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७४
congress

पोखरा, ६ चैत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन भोलि चैत ७ गतेदेखि नुवाकोटमा शुरु हुदैछ ।

सम्मेलनमा जिल्लाका कोषाध्यक्ष, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका सभापति र सम्मेलन हुने जिल्लाका केन्द्रीय र स्थानीय नेता गरी तीन सय जना सहभागि हुने छन् ।

सम्मेलनको तयारी पूरा भएको र सहभागिहरु आज नै नुवाकोट पुग्ने बताएको छ।

सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

पार्टीभित्रको गुट÷उपगुट अन्त्यका लागि दबाब सृजना गर्नु र पार्टी सुदृढिकरणका लागि सम्मेलन आयोजना गरिएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय समितिकी महासचिव लक्ष्मी पाण्डेले बताइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives