पिएनमा अन्तर ल कलेज स्तरीय नाइन ‘ए’ साइड फुटबल हुने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७४
29389233_1576850415743879_3424086355167150080_n

पोखरा, ७ चैत । पोखराको पृथ्वीनारायण क्याम्पस बि.ए.एलएल.बि संकायमा अध्ययनरत विद्यार्थीहरुले दोस्रो अन्तर ल कलेज स्तरीय नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता गर्ने भएका छन् ।

‘स्वाभिमानी बहादुरी नेपालीको शान, कानुनी विद्यार्थीको बेग्लै पहिचान’ भन्ने मूल नाराका साथ क्याम्पसको अन्नपूर्ण खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिता चैत १० देखि १२ गतेसम्म चल्ने छ।

प्रतियोगितामा नेपालभरका ६ वटा ल कलेजबाट महिला तथा पुरुष गरी १२ टिमको सहभागिता रहने अनुमान गरिएको छ। खेलकुदका माध्यमबाट कानुनका विद्यार्थीबीचको सद्भाव विकास गर्न उदेश्यले प्रतियोगिता गर्न लागिएको संयोजक शोनु रौनियारले जानकारी दिए ।

प्रतियोगिता आयोजना गर्न पाउँदा उत्साहित छौं संयोजक रौनियारले भने – ‘ सवैबाट साथ र सहयोग अपेक्षा गरेका छौं।’ प्रतियोगितामा विजेता समूहलाई नगद ४० हजार र उपविजेतालाई २० सहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै, उत्कृष्ठ खेलाडीलाई पनि पुरस्कृत गरिने छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि चार लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि रमेश गिरीको संयोजकत्वमा अर्थ, शेखर पौडेलको संयोजकत्वमा टिम व्यवस्थापन , कृष्ण अधिकारीको संयोजकत्वमा खेल व्यवस्थापन र सूचना सुनारको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति समिति गठन गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives