आफ्नै ट्रक दुर्घटनामा काँग्रेस क्रियाशील सदस्य खत्रीको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७४
DSC00243

पोखरा, ६ चैत । नेपाली काँग्रेसका क्रियाशील सदस्य जयबहादुर खत्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

पोखराबाट सिक्लेस जाने क्रममा ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको हो । सोमबार ग.१.ज ७५९९ नम्बरको आफ्नै मिनी ट्रकमा उनी सिक्लेस जादै थिए ।

दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मङ्गबार नै पोखराको सेती नदीस्थित तुल्सिघाटमा अन्त्येष्ठि गरिएको छ। उनका एक श्रीमती, १ छोरा र ४ छोरी छन् ।

नेपाली काँग्रेसका नेता देवराज चालिसेले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति विजयराज आचार्य र कास्की काँग्रेसका सदस्य नवीन सिग्देल तुल्सिघाट पुगेर श्रद्वाञ्जली अर्पण गरेका थिए ।

शवयात्रामा आफन्त, परिवारजन, शुभेच्छुक, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सहभागि थिए ।

खत्रीले नेपाली काँग्रेसका विभिन्न पदमा रहेर लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका थिए । उनी नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को निवर्तमान उपसभापति हुन्।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी खत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा मृतात्माको चिरशान्तिको कामनागर्दै परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि कामना गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives