जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाजको छलफल

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ९, २०७४
6lfal

पोखरा, ९ चैत । जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीबीच शुक्रबार छलफल भएको छ ।

कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीको साझेदारीमा जनसरोकार मञ्च कास्कीले संचालन गरेका कार्यक्रमको समीक्षा गरिएको थियो ।

कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण नेपालले जनसरोकार मञ्चले गरेका कामहरुले सकारात्मक प्रभाव परेकोभन्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।

ती दुई संस्थाको साझेदारीमा जनसरोकार मञ्चले झण्डै चार वर्षदेखि जनचासोका विषयमा कामगर्दै आएको छ ।

कार्यक्रममा सिद्वार्थ क्लबका अध्यक्ष रवी मर्सानीले जनसरोकार मञ्चसँगको सहकार्य संस्थाका लागि उपलव्धीमूलक भएको उल्लेख गरे ।

बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीकी अध्यक्ष रजनी कोइरालाले जनताका सवालमा राज्यको ध्यानाकर्षण गराउन जनसरोकार मञ्च जस्ता संस्थाले शशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देलले जनताका पक्षमा काम गर्ने संस्थासँग हालेमालोगर्दै अघि बढ्ने उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

Archives

Archives