समुदायस्तरीय क्यान्सर सचेतना

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ९, २०७४
29019857_1070064923131986_2041946756_n

पोखरा, ९ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा ९ को आयोजना तथा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीको सहआयोजनामा शुक्रबार समुदायस्तरीय क्यान्सर सचेतना कार्यक्रम गरिएको छ ।

प्रमुख अतिथि प्रदेश ४ का सांसद बिन्दुकुमार थापाले यसप्रकारको कार्यक्रमले स्वास्थ्यबारे सचेत रहन मद्दत मिल्ने बताए ।

वडाका १ सय ६० जना महिलाको सहभागिता रहेकोे कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका उपसभापति प्रेम भुजेलले क्यान्सर रोग लाग्नुको कारणबारे बताए ।

महासचिव नारायणप्रसाद पराजुलीले स्तन क्यान्सरबारे वृत्तचित्रमार्फत जानकारी दिएका थिए ।

संस्थाकी सदस्य सरस्वती अधिकारी ‘सरु’ ले अनुभव साट्दै रोग लुकाउन नहुने सुझाव दिइन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ का वडा सदस्य राममाया मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक मुना बास्तोलाले स्वागत र वडा समन्वय समितिकी सदस्य खिमा गुरुङले संचालन गरेका थिए।

कार्यक्रममा प्राबिधिक सहयोग सुमन चन्द्र थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives