चकलेटको मुल्य १० लाख, कस्तो होला त्यो चकलेट ?

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ११, २०७४
chocolates

संसारमा महँगो चिजवस्तु किन्न चाहनेका लागि पैसा खर्च गर्ने ठाउँको अभाव छैन । दुनियाँमा एउटा यस्तो चकलेट उत्पादन भएको छ जसको मूल्य झण्डै १० लाख रुपैयाँ पर्दछ ।

पोर्चुगलको ओबिडोसमा भएको चकलेट मेलामा दुनियाँकै सबैभन्दा महँगो चकलेट हालै प्रदर्शन गरिएको छ । उक्त चकलेटको मूल्य ७७ सय २८ युरो अर्थात् झण्डै १० लाख रुपैयाँ तोकिएको छ ।

आखिर खाएर सकिने एउटा मामूली चकलेटको मूल्य लाखौँ रुपैयाँ कसरी पर्नसक्दछ ,   यसको कारण हो, यो चकलेटको खोल, जुन सुनबाट बनेको छ ।

चकलेटमा सुनको खोल छ । उक्त सुनको खोल खान मिल्ने सुन हो ।

यो चकलेट जम्मा १ हजारवटा उत्पादन गरिएकोमा एउटा मात्र प्रदर्शनीमा राखिएको थियो ।

चकलेटमा स्याफ्रोनका रेशाको भरण रहेको छ भने मडागास्करको भ्यानिल्ला र गोल्ड फ्लेक पनि छ ।

प्रदर्शनीमा यो चकलेटको सुरक्षार्थ दुईजना हतियारधारी गार्डहरु खटाइएको थियो ।

यो चकलेटको सिर्जना पोर्चुगिस चकलेट उत्पादक डानियल गोमेजले गरेका हुन् ।

यो चकलेटले विश्वको सबैभन्दा महँगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन पनि सफल भएको छ ।

यसअघि गत वर्ष डेनिस चकलेट निर्माता फ्रित्ज निप्सकिल्डिटले तयार गरेको अढाई सय डलर मूल्यको चकलेट विश्वको सबैभन्दा महँगो चकलेटको रुपमा रहेको थियो । त्यसलाई ५ हजार क्रिस्टलले सजाइएको थियो ।

एजेन्सी
साभार ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives