विप्लव निकटको जनपरिषद्द्वारा जनप्रतिनिधिको राजीनामा माग( पत्रमा यस्तो छ )

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १३, २०७४
biplab

पोखरा, १३ चैत । विप्लव नेकपा निकट जनपरिषद् कास्कीले कास्कीका विभिन्न गाउँपालिका, महानगरपालिकाका जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै उनीहरूलाई चेतावनी सहितको पत्र बुझाएको छ ।

जिल्ला जनपरिषद् कास्कीले पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत कास्कीका विभिन्न गाउँपालिकाका अध्यक्षहरुलाई पत्रमार्फत राजीनामा मागेको बताएको छ ।

 

जिल्ला जनपरिषद्ले महानगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरुलाई सम्वोधन गरेर राजीनामा दिन पत्र पठाएको परिषद् सदस्य राजकुमार घिमिरेले जानकारी दिए । पत्रमा जनप्रतिनिधिहरूले जनताको काम गर्ने भन्दा पनि जनविरोधी हर्कतहरू गरेको भन्दै राजीनामा माग गरिएको छ ।

पत्रका अनुसार स्थानीय सरकार बनेको नौ महिना पुगिसक्दा पनि सरकारबाट जनतालाई राहत दिने , जनपक्षिय काम गर्ने, जनताको आवाज सुन्ने र जनअधिकार संरक्षण गर्ने काम नभएको आरोप लगाइएको छ ।

यस्तै उक्त समयावधिमा प्राकृतिक साधन श्रोतको दोहन, भ्रष्टाचार, चर्को कर असुली, भद्दा प्रशासनिक संयन्त्र, अनेकौं वहानामा भ्रमण गर्दै लाखौं रकमको दुरुपयोग मात्र गरेकाले राजीनामा माग गरेको परिषद् प्रमुख रामकाजी गुरुङको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives