सार्वजनिक बिदा घटाईदै, कुन÷कुन बिदा कटौती हुने छ ?

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १४, २०७४
griha

पुष्प ढुंगाना

काठमाडौं – सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ ।

२२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो ।

धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको उक्त प्रस्तावअनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

त्यस्तै, हरेक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ । गृहको प्रस्ताव आज (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ ।

कार्यालय खुल्ने र बन्द हुने समय
सरकारी कार्यालयहरू १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् ।

यसैगरी, १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।

कटौती प्रस्ताव गरिएका बिदा
दिवस :  गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस

चाड : घटस्थापना, द्वादशी  र कोजाग्रत पूर्णिमा

जयन्ती :  रामनवमी र श्रीकृष्ण जन्माष्टमी

पर्व : जनैपूर्णिमा, ऋषिपञ्चमी (महिला कर्मचारीका लागि मात्र)

नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन ।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives