यात्रुवाहक बस दुर्घटना, ११ घाइते, चार गम्भिर

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १४, २०७४
29693055_588708591482428_732100160_o

पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुदाँ ११ यात्रु घाइते भएका छन् ।

घाइतेमध्य ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटना बुधबार बिहान साढे आठ बजे भएको थियो ।

ना.५.ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ स्थित तल्लो गगनगौडामा दुर्घटना भएको हो । बस सडकदेखि झण्डै २० मिटर तल खसेको थियो ।

दुर्घटनास्थलबाट घाइतेको उद्वार गरी उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको पत्रकार कविराज खनालले जानकारी दिएका छन्। प्रहरी र स्थानीयले घाइतेको उद्वार गरेका थिए ।

घटनाको थप विवरण आउँन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives