मध्यरातमा गोली प्रहार गरी श्रीमतीको हत्या

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १६, २०७४
images

नेपालगन्ज, १६ चैत । विवादपछि एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

घटना बाँकेको डुडवा गाउँपालिका–२ बनकट्टीको हो । बनकट्टिका ३० वर्षीय सञ्जयकुमार बर्माले श्रीमतीलाई गोली प्रहार गरेका हुन्।

दुई वटा गोली लागि घाइते भएकी २८ वर्षिया श्रीमती शान्ति बर्माको घरमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार मध्यरातमा श्रीमतीसँगै विवाद हुदाँ घरमै राखेको बन्दुकबाट गोली प्रहार गरेका थिए ।

सञ्जयले अनुमति प्राप्त बाह्र बोर बन्दुक घरमै राख्दै आएका थिए ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives