निजामति कर्मचारी युनियन कास्कीद्वारा निर्वाचितलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १७, २०७४
29695132_1633934806662117_7492167371649501424_n

पोखरा, १७ चैत । नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीले संघको सातौ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ ।

संघले पोखरामा कार्यक्रम गरी केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, प्रदेश नम्बर ४ का संयोजक शिव शर्मा अधिकारी, केन्द्रीय सदस्य कृष्ण अर्याल र अमृत बगालेलाई सम्मान गरेको हो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नम्बर ४ का सभापति मुरारी शर्माले उनीहरुलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वराज आचार्यले स्वागत र पूर्वसचिव सुरेश श्रेष्ठले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives