आचार्य दाजुभाईद्वारा विद्यालयलाई भूमिदान

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १८, २०७४
29939572_2026300874255284_1550314873_n

पोखरा, १८ चैत । माछापुच्छ«े गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई भूमिदान गरेका छन्।

बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु शिक्षासेवी, समाजसेवी रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रोपनी भूमिदान गरेका हुन् ।

उनीहरुले माछापुच्छ«े गाउँपालिका वडा नं २ रहेको माछापुच्छ«े माविलाई साविक सार्दीखोला गाविस वडा नं १ को कित्ता नम्बर १४४८ को भूमिदान गरेका हुन् ।

कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले भुमिदाताले सहनिय काम गरेकोभन्दै प्रशंसा गरे ।

कार्यक्रममा माछापुच्छ«े गाउँपालिकाका शिक्षा प्रमुख लोकनाथ आचार्य र माछापुच्छ«े माविका प्रधानाध्यापक सन्तोष आचार्यले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives