नेल्टाको भेला तथा विद्यान अधिवेशन स¥यो

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २१, २०७४
30008062_1638614399527491_274614720_n

पोखरा, २१ चैत । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को राष्ट्रिय भेला एवम् विधान अधिवेशनको मिति सरेको छ ।

नेल्टाले भेला तथा अधिवेशनको मिति बैशाख ८ र ९ गतेका लागि तोकेको छ । यसअघि चैत्र १६ र १७ गतेका लागि मिति तोकिएपनि विशेष कारणवस मिति पर सार्नु परेको महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

स्थान भने यथावत् राखिएको छ । भेला चितवनको टाँडीस्थित हरिहर पार्टी प्यालेसमा हुनेछ ।

भेलाको तयारी भने तिव्र पारिएको छ । भेला सम्पन्न गर्न गठित समितिहरुले तयारी तिव्र पारेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives